समाचार

प्रधानमन्त्री ओलीको प्रश्‍न : ‘हामीलाई किन चाहियो इन्डिया गेट र लालकिला चामल ?’

kp sharma oli

२२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पौष्टिकता नै नभएको चामल भारतबाट ल्याउने प्रवृत्ति रोक्नुपर्ने बताएका छन् ।

बिहीबार आफु निकट किसानहरुको भेलालाई सम्बोधन गर्दै ओलीले  भारतबाट लालकिल्ला, इण्डियागेट लगायतका चामल शान सौकातका लागि आयात गर्ने प्रवृत्ति रोक्नुपर्ने बताएका हुन् ।

‘हामीलाई लालकिल्ला, इण्डियागेट चामल चाहिने । जसको पौष्टिकता नै समाप्त भइसकेको हुन्छ । एक इन्च लामो सिता सक्कली हो ? बासमती चाहियो, अर्को के चाहियो ? यस्ता चामल किन आयात गर्छौ हामी ?’ ओलीले खान नपुगेर त्यस्ता चामल आयात नगरिएको पनि बताए।

प्रधानमन्त्री ओलीले खाद्यान्नको अभाव भएरभन्दा पनि आनीबानी बिग्रिएर त्यस्ता चामलहरुको आयात हुन थालेको बताए । उनले भने, ‘यस्ता चामलहरु हामीले खाद्यान्न नपुगेर होइन आनीबानी बिग्रेर आयात गरिरहेका छौँ ।

हामीले खान पुग्नेभन्दा बढी नै उत्पादन गरिरहेका छौं तर आदत बिग्रिएकाले चामल आयात गरिरहेका छौँ । त्यो अवस्थालाई पनि बदल्नु पर्छ । हामीलाई बढीभन्दा बढी फल्ने चामल, पौष्टिक तत्व भएको चामल चाहिएको छ ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस