
२२ माघ, सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड—माधव पक्षले बिहीबार आह्वान गरेको आमहड्ताललाई समर्थन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री पनि सडकमा उत्रिएका छन् ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी आमहड्ताललाई सफल बनाउन सडकमा उत्रिएका हुन् ।
स्थानीय मंगलगढी चौकमा सञ्चारर्मीहरुसँग कुराकानी गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कमदका विरुद्ध सडकमा आउनु परेको प्रतिक्रिया दिएका छन् ।
प्रतिक्रिया दिनुहोस