समाचार

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

corona death nepal

२२ माघ, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार बिहीबार देशभर कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको हो । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ३३ पुगेको छ ।

त्यस्तै, बिहीबार तीन हजार ८७८ जनामा गरिएको परीक्षणमा देशभर थप १७१ जनामा संक्रमण पुष्टि छ । संक्रमित मध्ये ५९ जना महिला र ११२ जना पुरुष रहेका छन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ६०२ जना पुगेको मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस