अर्थनीति

बिमा समितिका नयाँ अध्यक्षले लिए सपथ, समस्या केलाएर समाधान गर्न अर्थमन्त्रीको निर्देशन

bima

२२ माघ, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिमा क्षेत्रमा भएका समस्या समाधान गर्न खरो रुपमा उत्रन र आफ्नो कार्यकाल बिमा क्षेत्रका लागि कोसेढुङ्गा सावित गर्न बिमा समितिको नयाँ नेतृत्वलाई निर्देशन दिएका छन् ।

बिमा समितिको नवनियुक्त अध्यक्षको पद तथा गोपनियताको सपथग्रहण कार्यक्रममा अर्थमन्त्री पौडेलले बिमा क्षेत्रका समस्या केलाउन निर्देशन दिँदै ती समस्या समाधानका लागि अर्थ मन्त्रालयले सहयोग, सहजीकरण र समन्वय गर्ने बताए ।

अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले बिमा क्षेत्रले विश्वसनियता कायम गर्नु पर्ने आवश्यता औल्याउँदै बिमा क्षेत्रलाई सबल, सक्षम र प्रतिष्पर्धी बनाउनु पर्ने बताए । राजस्व सचिव रामशरण पुडासैनीले बिमाको पहुँच बढाउन र बिमा क्षेत्रको सुशासन कायम गर्ने कार्यमा विशेष जोड दिए ।

प्रतिउत्तरमा बीमा समितिका नवनियुक्त अध्यक्ष सिलवालले वीमा क्षेत्रको सुधारका लागि आफु खरो रुपमा उत्रने बताउँदै बीमा क्षेत्रको सुधारमा फास्ट ट्रयाकमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सो क्षेत्रमा तत्काल देखा परेका समस्या समाधान गर्दै नीतिगत क्षेत्रमा आफू प्रवेश गर्ने समेत उनले बताए । बिहीबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले बीमा समितिका नवनियुक्त अध्यक्ष सिलवाललाई पद तथा गोपनियताको सपथ गराएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस