समाचार

विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बाँस्तोला रिहा भएलगत्तै पक्राउ

dharmendra bastola

२२ माघ, काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाइ सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिएको छ । सर्वोच्चले बिहीबार बन्दी प्रत्यक्षीकराण्को आदेशमार्फत रिहा गर्न आदेश दिएको हो ।

न्यायाधीशद्वय दीपकुमार कार्की र सुष्मलता माथेमाको संयुक्त इजलासले नेता बास्तोलाई फरक विचार र आस्था राखेकै आधारमा पक्राउ गर्न नपाईने भन्दै बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरेको हो ।

अदालतको आदेश लगत्तै छुटेका नेता बाँस्तोलालाई प्रहरीले फेरि पक्राउ गरेको छ । सर्वोच्चको आदेशलाइ लत्याउदै प्रहरीले बाँस्तोलालाई अदालतको गेटबाटै फेरि पक्राउ गरेको छ । उनलाई कमल पोखरी बृतमा लगिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस