२२ माघ, दाङ । तुलसिपुर शान्ति सुरक्षाको दृष्टिकोणले निकै कमजोर बनेको छ । तुलसिपुरमै लुम्बिनि प्रदेश प्रहरी कार्यालय रहँदा पनि त्यहा युवाहरुबीच पटक पटक ग्याङ फाइट हुँदै आएको छ ।
दिनदहाडै तुलसिपुरमा हुने खुकुरी प्रहारका घटनाले युवाहरुले धेरै पटक ज्यान गुमाइ सकेका छन् । पछिल्लो समय तुलसिपुरमा बिभिन्न धारीलो हतियार प्रहार गरेर थुप्रै घटना भएका छन् । तुलसिपुरमा हुने यस्ता घटनाले प्रहरीको उपस्थिति कमजोर बनेको छ ।
युवाहरु आपसमा मापसे गरेरपछि बिबाद गर्दा थुप्रै घटना हुने गरेको इप्रका तुलसिपुरले जनाएको छ । धेरैजसो युवाहरु खुकुरी, तरबार बोकेर हिड्ने गर्ने र उनीहरु विरुद्ध प्रहरी अप्रेसन चलाएमा तुलसिपुरलाई शान्त बनाउन सकिने यहाँमा नागरिक अगुवाको अपेक्षा रहेको छ ।
शृङ्खलाबद्ध आक्रमण घटनाहरु घट्नेक्रममा आज मात्रै तुलसीपुर उपमहानगरपालिका वडा नं ६ का १८ वर्षीय सबिन विकमाथि आक्रमण भएको छ । गोरखा बोर्डिङ स्कूल नजिकै बिहीवार मध्यान्ह बिकमाथि आक्रमण भएको हो ।
उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहका अनुसार तुलसीपुर ६ गुल्मचोक निवासी १९ बर्षीय कुमार पुनले उनलाई पछाडिबाट टाउकोमा ढुँगाले आक्रमण गरेका थिए ।
पुरानो रिसिबीका कारण पुनले पछाडिबाट आएर बिकमाथि ढुँगाले टाउकोमा प्रहार गरि घाइते बनाएको डिएसपी सिंहले बताए । घाइतेको तुलसीपुरमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुक र ट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।