समाचार

पार्टीप्यालेसको छतबाट खसेर एक जनाको मृत्यु

bead body tag

२३ माघ, मकवानपुर । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–४ स्थित क्विक–२० पार्टीप्यालेसको छतबाट खसेर आज बिहान एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रौतहटको देवाही नगरपालिका–९ घर भएका ४२ वर्षीय विनोद यादव रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जनाकारी दिए ।

उनका अनुसार आज बिहान ६ः१५ बजे पार्टीप्यालेसको पाँचौँ तलबाट खस्दा गम्भीर घाइते भएका यादवको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक यादव क्विक–२० पार्टीप्यालेसमा सरसफाइको काम गर्दै आएका थिए । उक्त घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस