विश्व/प्रवास

कोलोम्बियामा कोरोना भाइरस सङ्क्रमणबाट ५५ हजार भन्दा बढीको मृत्यु

sri lanka coronavirus

२३ माघ, काठमाडौं । गत २४ घण्टामा कोलोम्बियामा कोरोना भाइरस सङ्क्रमणको कारण २५४ जनाको मृत्यु भएपछि कोभिड–१९ बाट मृत्यु हुने व्यक्तिको संख्या ५५ हजार १३१ पुगेको स्वास्थ्य र सामाजिक प्रतिरक्षा मन्त्रालयले बिहीबार जनाएको छ ।

गत २४ घण्टाको अवधीका ९ हजार ७९० जना थप व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि कोलोम्बियामा कोरोना भाइरस सङ्क्रमितको कुल संख्या २१ लाख ३५ हजार ४१२ पुगेको छ ।

कोलोम्बियामा आगामी फेब्रुअरी २० बाट कोभिड १९ विरुद्धको खोप अभियान शुरु गरिने समाचारमा जनाइएको छ । यहाँँ सरकारले कोभिड–१९ को कारण लागू गरेको स्वास्थ्य आपतकालिन समयावधि फेबु्रअरी २८ सम्म विस्तार गरेको छ ।

मानिसहरुलाई भीडबाट जोगिन र सुरक्षाका उपायहरु अवलोकन गर्न सरकारले आग्रह गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *