गसिप

अञ्जु पन्तसँगको तस्बिर सेयर गर्दै कोइराला लेख्छन्, ‘हामी केही समयदेखि एक अर्काको प्रेममा छौं, एक हुने तयारीमा छौं’

anju panta

२३ माघ, काठमाडौं । लोकप्रिय गायिका अञ्जु पन्त तथा गीतकार थिर कोइरालाबीच विवाह हुने निश्चित भएको छ ।

पछिल्लो दुई सातादेखि सञ्चारमाध्मममा आफ्नो र अञ्जु पन्तको प्रेम तथा विवाहका बारेमा समाचारहरु सार्वजनिक भैरहेको कोइरालाले सामाजिक सञ्जालमा आफ्नो अञ्जु पन्तको तस्बिर नै शेयर गर्दै समाचारमा आएका कुरालाई मोहर लगाएका हुन् ।

कोइरालाले आफ्नो स्टाटसमा लेखेका छन्—‘सञ्चार माध्ययमहरुमा आइरहेका समाचारको कारणले हाम्रा शुभ–चिन्तक र हामीलाई माया गर्ने सबैमा जिज्ञासा हुनु स्वभाविकै हो । हामीले तपाईंहरुको फोन कल र म्यासेजहरु प्राप्त गरिरहेका छौं, तर सबैलाई जवाफ दिन असमर्थ छौँ । अब तपाईंहरुको खुल्दुली मेटाउने सायद यहि नै सहि समय होला भन्ने लाग्छ । तपाईंले मिडियामा सुनेको खवर सत्य हो, हामी केही समयदेखि एक–अर्काको प्रेम छौँ र निकट भविष्यमा नै एक हुने तयारीमा छौँ । कहिले र कहाँ भन्ने कुराको सबै जानकारी दिने नै छौँ ।’

कोइरालाले लेखेका छन्–‘तपाईंहरुको माया, प्रार्थना, सकारात्मक प्रतिक्रियाले हामीलाई अझ उत्साह मिलेको छ र भविष्यमा अझ धेरै माया, सद्भाव र शुभकामनाको अपेक्षा गर्दछौँ ।’

गायिका पन्तले आफ्नो १५ वर्षिया छोरी परितोषिकाको आग्रहमा विवाहका लागि तयार भएको प्रतिक्रिया यसअघि नै दिइसकेकी छिन् । करिब १० वर्षअघि गायक मनोजराजसँग सम्बन्धविच्छेद गरेपछि अञ्जु छोरी परितोषिकासँगै बस्दै आएकी छिन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस