मुख्य समाचार

भीड देखाउँदै केपी ओलीले भने–मूल पार्टी यही हो ?

kp oli

२३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको मूल पार्टी आफू नेतृत्वको नेकपा भएको बताएका छन् । उनले आफू नेतृत्वको पार्टी नै देशको मूल पार्टी पनि भएको बताए ।

नेकपा स्वाधीनता र देशको भौगोलिक अखण्डताको रक्षा गर्ने पार्टी पनि भएको बताए । नेकपा इतिहास बोकेको र देश बनाउने सपना बोकेको पार्टी भएको बताए । ‘आजबाट कुन चाहिँ पार्टी खास, कुन चाहिँ नक्कली र कुनचाहिँ सक्कली भन्ने कुरा फैसला भयो,’ भीड देखाउँदै ओलीले नारायणहिटी अगाडिको वृहद जनसभालाई सम्बोधन गर्दै भने ।

उनले जनसभामा मान्छे खाँदाखाँद रहेको र त्रिचन्द्रदेखि जयनेपालसम्म भीड रहेको भन्दै मुल पार्टी कुन हो भनेर कतिपयले सोधिरहेको भन्दै यो भीडबाट कुन मूल पार्टी भन्ने स्वतः खुल्ने बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस