
२३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफैंले नारा लगाएर अस्थिरतातर्फ नभई चुनावतर्फ जान आग्रह गरेका छन् ।
ओली नेतृत्वको (नेकपा) ले आज काठमाडौंमा गरेको शक्ति प्रदर्शनमा उनले यस्तो नारा लगाएका हुन् ।
ओलीले सुरुमा आफूले नारा लगाएर सभामा सहभागीलाई नारा भन्न लगाए । मुलुक निर्वाचनतर्फ गएको ओलीको दाबी छ । निर्वाचनमा जाँदा देश कसरी संकट पर्छ ? भन्दै उनले प्रश्न गरेका थिए ।
आफूलाई पार्टीभित्रबाटै काम गर्न नदिइएपछि जनादेशमा जाने निर्णय गरेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस