समाचार

जनसभा बिथोल्न बम राखेर विप्लवको नाम लेखियोः प्रधानमन्त्री ओली

kp oli

२३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा इतिहासकै ठूलो जनसभा गरिएको दावी गरेका छन् ।

शुक्रबार राजधानीको नारायणहिटी संग्राहलय अगाडि भएको जनसभालाई सम्बोधन गर्दै ओलीले आज आफूहरुले गरेको जनसभा काठमाडौंमा भएको इतिहासकै ठूलो भएको दावी गरे ।

उनले भ्रम् फिजाउने तत्वहरुलाई चिरेर जनसभामा खडा भएको भन्दै नेता कार्यकर्ताको प्रशंसा गरे ।उनले आफूहरुको जनसभा विथोल्न कतिपय ठाउँमा प्रचण्ड–नेपाल समूहले बम राखेर विप्लव लेख्ने काम भएको पनि दावी गरे ।

यस्तै जनसभा विथोल्नकै लागि हिजो हड्ताल भएको पनि दावी गरे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस