२३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक सुरुङ मार्गमा प्रवेश गरिसकेको बताउँदै एक घण्टामा केरुङ–काठमाडौं गराइने उद्घोष गरेका छन् ।
शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (केपी समूह) ले राजधानीमा आयोजना गरेको बागमती स्तरिय आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले टोखा–छहरे र बेत्रावती–स्याप्रुबेसी सुरुङमार्ग निर्माणको योजना अघि बढिसकेको बताउँदै अब छिट्टै काठमाडौं–केरुङ द्रुतमार्ग बन्ने बताए ।
त्यस्तै, नौविसे–नागदुंगा सुरुङ मार्ग अघि बढिसकेको बताउँदै अन्य विकास निर्माणका कामहरुमा समेत तिब्र गतिमा सरकारले अघि बढाएको बताए ।
प्रतिक्रिया दिनुहोस