समाचार

सबै नेपालीले खोप नपाउन्जेल अभियान बन्द हुँदैन : प्रधानमन्त्री ओली

kp oli nara

२३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबाट कोभिड–१९ निर्मूल नहुन्जेल खोप अभियान जारी राख्ने बताएका छन् ।

पहिलो चरणमा फ्रन्टलाइनरहरुलाई दिइएको कोरोनाविरुद्धको खोप छिट्टै सबै नेपालीलाई दिइने प्रधानमन्त्री ओलीले घोषणा गरेका छन् । आज काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै उनले सबै नेपालीलाई खोपको अभियानमा सामेल गराउने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले कोभिड–१९ नियन्त्रणमा नेपाल अगाडि रहेको दाबीसमेत गरे । समयमै खोप ल्याएर र सबै जिल्लामा पुर्‍याउन सफल भएको उनले दाबी गरे । उनले कोभिड–१९ महामारीको समयमा अग्रपंक्तिमा खटिएका सबैलाई धन्यवाद दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस