
२३ माघ, दाङ । दाङको घोराहीमा सात जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले घोराही उपमहानगरपालिका वडा नं. ७ तेघरा गाउँमा जुवा खेलिरहेको अवस्थामा गएराति साढे १० बजेतिर उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।
उनीहरूको साथबाट दुई लाख २० हजार सात सय रकम पनि बरामद भएको एसपी चन्दले बताए ।
पक्राउ पर्नेमा घोराही १६ सर्रा बस्ने ३३ वर्षीय धिरण शाह, घोराही ९ का २१ वर्षीय प्रज्वल शाह, घोराही २ का २३ वर्षीय रोहन खाती, घोराही १३ का २० वर्षीय सुनिल पुनमगर, घोराही ७ का २२ वर्षीय पङ्कज पन्त, घोराही ९ का ५४ वर्षीय होमबहादुर केसी, रोल्पा त्रिबेणी गाउँपालिकाका विजय गाहामगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी तथा प्रवक्ता मुकुन्द रिजालले बताए ।
पक्राउ परेकामाथि घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । डिएसपी रिजालले जुवामा पक्राउ परेकाहरुलाई जुवा ऐन अनुसार कारबाही हुने जानकारी दिए । पक्राउ परेका केही जुवाडेहरु पटके र विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको हुन सक्ने भएकाले घटनाको त्यतातर्फ अनुसन्धान हुने प्रहरीले जनाएको छ