
२३ माघ, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार शुक्रबार देशभर कोरोना संक्रमणको कारण थप २ जनाको मृत्यु भएको हो । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३५ पुगेको छ ।
मन्त्रालयका अनुसार २ हजार ७९९ जनामा गरिएको परीक्षणमा शुक्रबार थप १०५ जनामा संक्रमण पुष्टि भएको हो । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ७०७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस