
२३ माघ, काठमाडौं । विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग जुहारी खेल्न नचाहेको बताएका छन् ।
संसदीय सुनुवाई बिना नै संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायका लागि गरेको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेपछि शुक्रबार संसद सचिवालय सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभामुख सापकोटाले प्रधानमन्त्रीसँग जुहारी खेल्ने पक्षमा नरहेको बताएका हुन् ।
उनले प्रधानमन्त्रीलाई जवाफ फर्काएर आफ्नो मौलिकता र विशेषतालाई कमजार बनाउन नचाहेको भन्दै सापकोटाले भने, ‘म जुहारी खेल्न चाहान्न । म त्यसको अधिकतम हितमा रहेर आफ्नो बुद्धि, विवेक, योग्यता र क्षमता प्रयोग गर्न चाहान्छु ।’
प्रतिक्रिया दिनुहोस