
२३ माघ, काठमाडौं । उपप्रधानमन्त्री एवं ओली पक्षीय नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले नेपाल बन्दको क्रममा आगलागी भएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने बताएका छन् ।
उपप्रधानमन्त्रीले आज आयोजित आमसभालाई सम्बोधन गर्दै यसको जानकारी दिए ।
धादिङ घर भइ बिजुलीबजार बस्दै आएका कुम्भनारायण श्रेष्ठले चलाएको ट्याक्सी हिजो बिहानै गोंगबुमा बन्दकर्ताले जलाएका थिए । चाबहिल जानुपर्ने भनेर ट्याक्सी रोकेका उनीहरुले श्रेष्ठले मिटर अन गर्न लाग्दा भित्र छिरेर ट्याक्सीमा पेट्रोल छर्केर आगो लगाएका थिए ।
प्रतिक्रिया दिनुहोस