२३ माघ, पाल्पा । पाल्पामा आज एक महिलाको शव सडेको अवस्थामा फेला परेको छ ।
जिल्लाको माथागढी गाउँपालिका–२ रुप्सेस्थित सिप्लिकान सामुदायिक वनमा तानसेन नगरपालिका–८ बस्ने वर्ष ७७ कि हिराकुमारी चिदिको शव फेला परेको प्रहरीले जनाएको छ । उनको शव सडेको अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।
उनी पुस ४ गतेदेखि हराइरहेकी थिइन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस