विश्व/प्रवास

रूसी खोप ‘मानिस जातिको लागि शुभ समाचार’: ईयू नेता बोरेल

coronavirus vaccine

२३ माघ, काठमाडौं । युरोपियन युनियनका विदेश नीति प्रमुख जोसेप बोरेलले शुक्रबार रूसको स्पुतनिक–भी नामक कोरोनाभाइरसविरुद्धको खोप महामारीबीचमा ‘मानव जातिका लागि शुभ समाचार’ भएको बताएका छन् । उनले रूसले विकास गरेको उक्त खोपको सफलताको प्रशंसा गर्दै यसलाई यूरोपेली समूह राष्ट्रहरूमा प्रयोगका लागि अनुमति मिल्नसक्ने सङ्केत गरेका छन् ।

सन् २०१७ पछि पहिलो पटक रूस भ्रमणमा रहेका इयूका वरिष्ठ कुटनीतिज्ञ बोरेलले मस्कोमा रूसी विदेश मन्त्री सर्गेई लाभरोभसँग वार्तापछि उक्त धारणा राखेका हुन् । बोरेलले मस्कोमा वार्तापछि सञ्चारकर्मीसँग भने, “यो सम्पूर्ण मानवजातिका लागि खुशीको खबर हो । हामीसँग महामारीको बिरूद्ध लड्न अझ बढी साधनहरू छन् भन्ने पुष्टि भएको छ ।”

उनले स्पुत्नीक–भीलाई ‘यूरोपियन मेडिसिन एजेन्सी’ ले ईयु सदस्य देशहरूमा प्रयोग गर्नको लागि अनुमति दिने विश्वास व्यक्त गरे । बोरेलले भने, “ईयूले खोपको अभावको सामना गरिरहेको अवस्थामा रूसमा विकसित स्पुत्नीक–भी महामारीविरूद्धको लडाईंमा अर्को स्वागत योग्य स्रोत हुनेछ ।” प्रतिक्रियामा लाभरोभले भने, “रूस वासिङ्टन र मस्कोले खोपमा ‘सहकार्य गर्ने ठाउँ छ कि छैन’ भनेर हेरिरहेका थिए यसै वखत यूरोपका धेरै देशहरु आफ्नो क्षेत्रमा खोप उत्पादन गर्न इच्छुक देखिएका छन् ।  यो रूसका लागि खुशीको बिषय हो ।”

घरेलु हिसाबले उत्पादित स्पुतनिक भीलाई गत अगस्टदेखि रूसमा प्रयोगको लागि अनुमोदित गरिएको थियो । व्यापक क्लिनिकल परीक्षणहरू पहिल्यै खोपलाई द्रुत गतिको परीक्षणपछि प्रयोगमा ल्याइएको भन्दै प्रक्रियाबारे अमेरिका, यूरोपलगायतका विश्व समुदायबाट चिन्ता व्यक्त गरिएको थियो । व्यापक आलोचनाको बाबजुद खोपका विकासकर्ताहरूले भने खोप ९० प्रतिशतभन्दा बढी प्रभावकारी रहेको दावी गर्दै रूसले आफ्ना नागरिकहरूलाई खोप लगाउन थालेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस