गण्डकी प्रदेश

तनहुँको घाँसीकुवामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

bike accident

२३ माघ, पोखरा । तनहुँको व्यास नगरपालिका वडा नं. १२ घाँसी कुवामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा एक बालक र अर्की महिला घाइते भएका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा धादिङ ८ निवासी २२ वर्षका गोविन्द मगर छन् । डुम्रेबाट पोखरा तर्फ आउँदै गरेको ग १४ प २५१२ नम्बरको मोटरसाइकल ग १ ह ०१ नम्बरको अटो संग ठोकिएर बा ४ ख ८९९६ नम्बरको बसमा ठोक्किँदा भएको हो ।

दुर्घटनामा परी घाइते हुनेमा धादिङ ८ गल्छीबेसी निवासी २० वर्षीया सुनिता तामाङ र उनका छोरा ३ वर्षका आशिष रहेका छन् । घाइते भएका गोविन्दको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेको पोखराको मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अटो र बससहित दुवै चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस