२३ माघ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली र चिनियाँ समकक्षी वाङ यीबीच शुक्रबार टेलिफोन वार्ता भएको छ ।
सो क्रममा चिनियाँ विदेशमन्त्री वाङले नेपाललाई ५ लाख डोज कोरोना भ्याक्सिन नेपाललाई अनुदानमा उपलब्ध गराउने घोषणा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसका साथै शुक्रबार साँझ ज्ञवाली र वांगयीबीच आपसी हितका विषयहरूमा छलफल भएको नेपालको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञिप्तमा उल्लेख छ ।
चीनका विदेशले नेपालमा कोरोना विरुद्धको पाँच लाख खोपको उपलब्ध गराउने घोषणा गरेका साथै चीनले कोरोनाविरुद्धको खोपमा नेपाललाई प्राथमिकता दिने बताए ।
ज्ञवालीले सहयोगका लागि चीनलाई धन्यवाद दिएका थिए । चीनले यसअघि नेपाललाई ३ लाख डोजको कोरोना खोप अनुदान सहयोग गर्ने बताएको थियो ।
प्रतिक्रिया दिनुहोस