समाचार

हराएकी तानसेनकी वृद्ध महिलाको शव भेटियो

death youth

२३ माघ, पाल्पा । तानसेन नगरपालिका–८ निवासी ७७ वर्षीया हिराकुमारी चिदीको शव आज फेला परेको छ ।

गत पुस महिनादेखि हराएकी वृद्ध महिलाको शव आज जंगलमा भेटिएको छ । माथागढी गाउँपालिका २ रुप्से स्थित सिप्लिकान सामुदायिक वनमा वृद्ध महिलाको शव भेटिएको हो ।

चिदी पुस ४ गतेदेखि हराएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाँले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस