
२४ माघ, कैलाली । कैलालीको जानकी गाउँपालिका–९ पूर्व खैरीफाँटमा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
आज बिहान घर लिपपोतका लागि माटो लिन गएका पूर्व खैरीफाँटका १७ वर्षकी धनसरी विक, २० वर्षकी भावना ओड र ३१ वर्षकी गंगा जैगडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । माटोले पुरेका काजल विक र अञ्जु जैगडी घाइते भएका छन् ।
उनीहरुको टिकापुर अस्पतालमा उपचार भइरहेको गाउँपालिकाका अध्यक्ष प्रदिपकुमार चौधरीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस