गण्डकी प्रदेश

पोखरामा सिलिण्डर पड्किँएर शरीरमा आगो सल्किँदा एक महिला घाइते

gas 1

२४ माघ, पोखरा । पोखरामा ग्यास सिलिण्डर पड्किँदा एक महिला घाइते भएकी छन् । पोखरा महानगरपालिका ३३, बहुमारा गण्डकीवेशीका धनबहादुर थापाको घरमा ग्यास सिलिण्डर पड्किँदा थापाकी श्रीमती पद्मा कुमारी थापा घाइते भएकी हुन् ।

सिलिण्डर पड्किएर उछुट्टिएको आगो शरीरमा सल्किँदा उनी घाइते भएकी हुन् । घाइते थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

सिलिण्डर पड्किँदा थापाको पक्की घरको गाह्रो चर्किनुका साथै झ्याल र ढोका पूर्णरुपमा क्षति भएको गण्डकी प्रदेश प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।

उनका अनुसार घरका अन्य सात वटा झ्यालका सीसा फुटेको र भ¥याङको रेलिङमा समेत क्षति पुगेको छ । रातको समयमा ग्यास लिक भएको र बिहान उठेर चिया पकाउने क्रममा लिगएको ग्यासमा आगो लाग्दा सिलिण्डर पड्किएको डिएसपी थिङले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस