
२४ माघ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न निर्वाचनमा जानु परेको बताएका छन् ।
काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित उमादेवी मन्दिरमा निर्माण गरिएको सभाहल उद्घाटन कार्यक्रममा आज उनले निर्वाचनका माध्यमबाट ताजा जनादेश लिएर देशमा स्थायित्व कायम गर्न राजनीतिक दललाई आग्रह गरे ।
निर्धारित समयमा चुनाव हुन नसकेमा देश सङ्कटको भुमरीमा पर्ने बताउँदै मन्त्री श्रेष्ठले देश र जनताका पक्षमा क्रियाशील सरकारलाई घेराबन्दी गरिएका कारण समस्या आएको विचार व्यक्त गरे ।
प्रदेशसभा सदस्य डा अजयक्रान्ति शाक्यले स्थानीय विकास र समृद्धिका लागि सामूहिक सहभागिताको खाँचो रहेको बताए ।
प्रतिक्रिया दिनुहोस