समाचार

बैतडीमा आफ्नै बाबुले गोली हानी छोरीको हत्या

gun

२४ माघ, काठमाडौं । बैतडीको पुर्चौडीमा बुबाले आफ्नै छोरीमाथि गोली हानी हत्या गरेका छन् ।

पुर्चौंडी नगरपालिका–१० का ५५ वर्षीय धनसिंह महराले आफ्नी छोरी २० विनिता महरा धामीमाथि गोली हानी हत्या गरेका हुन् । महराले आफ्नै विवाहित छोरीमाथि गोली प्रहार गरी जंगलतिर भागेको प्रत्यक्षदर्शीको भनाई छ ।

प्रहरीका अनुसार बेलमतीको घटनास्थलमा नै मृत्यु भएको हो । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक (डिएसपी) नारायणप्रसाद अधिकारीले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस