
२५ माघ, काठमाडौं । नेपाली बजारमा आज (आइतवार) सुनचाँदीको मूल्य सामान्य बृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार सामान्य बढेर तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलमा ९० हजार १५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच आइतबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । शुक्रबार तोलामा १२ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर १३ सय १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस