२५ माघ, काठमाडौं । सरकारले कूटनीतिक कर्मचारी र पत्रकारलाई प्राथमिकतामा राखेर दोस्रो चरणको खोप अभियान सुरु गर्ने भएको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार दूतावास, यूएन एजेन्सीका कर्मचारी र पत्रकारलाई प्राथमिकतामा राखेर सोमबारदेखि दोस्रो चरुणको कोभिड-१९ विरुद्धको खोप अभियान सुरु गरिने भएको हो ।
सरकारले यही माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो । ४ लाख ३० हजारलाई खोप दिने लक्ष्य राखेपनि एक लाख ८४ हजारले मात्रै खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अभियानको दोस्रो चरणको खोप टिचिङ अस्पताल र सहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कुटनीतिक नियोगमा कार्यरत स्वदेशी तथा विदेशी कर्मचारी, तिनका परिवारलाई दिइने छ भने सिभिल अस्पतालमा पत्रकारहरूलाई खोप दिने मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले जानकारी दिए ।