संगीत

प्राश्नाले ल्याइन् ‘जय श्री स्वस्थानी माता’ भजन

jaya shree swosthani mata

२५ माघ, काठमाडौं । नेपालीहरुले हरेक वर्षको पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाउने ‘श्री स्वस्थानी व्रत’को विषयमा लोकप्रिय गायिका प्राश्ना शाक्यले भजन बनाएकी छन् ।

अम्बिका शाक्यको शब्द, किरण कडेलको संगीत रहेको भजनको एरेन्ज समेत किरणले नै गरेका हुन् । भजनको भिडियो समेत बनेको छ ।

जसमा गायिका प्राश्नासँगै बानिका प्रधान, निशा देशार र अर्पणा श्रेष्ठ लगायतको अभिनय देख्न सकिन्छ । प्रशान्त तामाङको निर्देशन रहेको भिडियो सार्वजनिक लगतै प्रतिक्रिया राम्रो आइरहेको गायिका प्राश्नाले बताइन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस