समाचार

भागरथी हत्याको ढिलो नगरी निष्पक्ष अनुसन्धान गर्न आग्रह

Bibeksheel Sajha Party

२५ माघ, काठमाडौं । विवेकशील साझा पार्टीले बैतडीको दोगडाकेदार गाउँपालिकामा १७ वर्षीय किशोरी भागरथी भट्टको बीभत्स हत्या भएको घटनाको  ढिला नगरी निष्पक्ष अनुसन्धान गर्न आग्रह गरेको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै विवेकशील साझाले बैतडीको दोगडाकेदार गाउँपालिकामा १७ वर्षीय किशोरी भागरथी भट्टको बीभत्स अवस्थामा शव भेटिएको घटनाले मर्माहत भएको उल्लेख गरेको छ ।

विवेकशील साझाले हत्या हुनुअघि बलात्कारको आशङ्का गरिएको यो घटनाको यथाशीघ्र निष्पक्ष र वैज्ञानिक अनुसन्धान गरी दोषीलाई कानुनको दायरामा ल्याउन स्थानीय प्रशासन र सरोकारवाला सुरक्षा निकायहरूसँग आग्रह गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस