समाचार

१७ वर्षीय किशोरीलाई जबरजस्ती करणीको एक आरोपमा युवक पक्राउ

rape

२५ माघ, पाल्पा । पाल्पामा जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पाल्पा रिब्दिकोट गाउँपालिका बस्ने वर्ष २१ को दिपक नेपाली पक्राउ परेका हुन् । उनले १७ वर्षीय किशोरीलाई घरमा सुतिरहेको अवस्थामा अचानक जबरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा प्रकाउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरिक्षक लक्ष्मण पचभैयाले आज उनी विरुद्ध जाहेरी दरखास्त आएपछि नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरिएको जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस