
२५ माघ, काठमाडौं । सेयर बजारमा एकैदिन १० अर्बको कारोबार भएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्जमा १ करोड ७७ लाख कित्ता सेयर कारोबार हुँदा कुल कारोबार रकम १० अर्ब नाघेको हो ।
आइतबार बजार १० अर्ब ४४ करोड रुपैयाँ बरारबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यो एकैदिन कारोबार भएको अहिलेसम्मकै धेरै रकम हो ।
कारोबार बढ्दा आइतबार बजार परिसूचकमा ४८ अंकको सुधार देखिएको छ । यो दिन ४८.९७ अंकले बजार बढ्दा नेप्से परिसूचक बजार परिसूचक २ हजार ५ सय २४ दशमलव २४ अंकमा पुगेको छ । यो परिसूचक पनि अहिलेसम्मकै धेरै हो ।
समग्र बजार ४८ अंकले बढ्दा पनि यो दिन वाणिज्य बैंक, विकास बैंक र म्युचुअल फण्ड समूहको परिसूचक भने घटेको छ । म्युचुअल फण्ड भने सबैभन्दा धेरै ७.६ प्रतिशतले बढेको देखिएको् छ ।
बजारमा आज १ सय ७३ कम्पनीमध्ये १ सय २५ कम्पनीको मूल्य बढेको छ । ३६ कम्पनीको मूल्य घटेको छ भने बाँकी १२ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएको छैन । यो दिन ३६ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।