विश्व/प्रवास

भारतको उत्तराखण्डमा हिमताल विष्फोट, १५० मजदूर बेपत्ता भएको आशंका

himtal bispot

२५ माघ, काठमाडौं । भारतको उत्तराखण्डमा हिमताल ( बारिएर बसेको हिमनदी) विष्फोट भएको छ । उत्तराखण्डको चमोली जिल्लामा हिमताल फुटेको हो । हिमताल फुटेलगत्तै  स्थानीय धौलीगंगा नदी तटीय क्षेत्रमा जोखिम बढेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

हिमताल फुटेपछि नदी तटमा रहेको ऋषीगंगा हाइड्रोपावरमा निकै ठूलो क्षति भएको अनुमान गरिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार हाइड्रोपावरमा काम गर्ने १५० भन्दा बढी मजदूरहरु बेपत्ता आशंका गरिएको छ ।

घटनास्थलमा उत्तराखण्डका मुख्यमन्त्री त्रिदेव सिंह रावत घटनास्थलतर्फ जाँदैछन् । मुख्यमन्त्री सिंहले  ट्वीटरमार्फत उद्दारका लागि जिल्ला प्रशासन कार्यालय, प्रहरी विभाग र विपत व्यवस्थापन कार्यालहरुलाई तत्काल खट्न आदेश दिइएको बताएका छन् । घटनाको अन्य विवरण आउन बाँकी छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस