समाचार

सुन्धारामा चितुवाको खप्पर बेच्न लागेका तीन जना पक्राउ

chituwa khappar sahit pakrau

२५ माघ, काठमाडौं । काठमाडौंको सुन्धारास्थित काठमाडौं मल अगाडिबाट संरक्षित वन्यजन्तु चितुवाको टाउकोको भागसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । चितुवाको खप्पर कारोबार गर्न लागिएको भन्ने विशेष सूचनाका आधारमा महानगरीय अपराध महाशाखाको विशेष प्रहरी टोलीले खोजतलासका क्रममा तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लमजुङको दुधपोखरी गाउँपालिका–६ घर भएका वर्ष २३ को सन्तोष आले मगर, काभ्रेको रोसी गाउँपालिका–१२ घर भएका वर्ष २० को सुजन थिङ र सोही स्थानका वर्ष १८ को मिङमार मोक्तान रहेका छन् ।

महाशाखाका सूचना अधिकारी ईश्वर कार्कीले दाह्रा सहितको खप्पर बेच्ने प्रयोजनका लागि बोकेर हिंडिरहेको बेलामा पक्राउ गरेर उनीहरुलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ अन्तर्गत कारबाहीका लागि डिभिजन वन कार्यालय, हात्तीसार पठाइएको जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस