गण्डकी प्रदेश

सवारी चालक अनुमतिपत्र बनाइदिन्छु भनी ठगी गर्ने अभियोगमा एक जना पक्राउ

driving license nepal

२५ माघ, पोखरा । सवारी चालक अनुमतिपत्र बनाइदिन्छु भनी ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

सो अभियोगमा पोखरा महानगरपालिका–१४ चाउथे बस्ने स्याङ्जा वालिङ नगरपालिका–१ का ४९ वर्षीय खगेन्द्रप्रसाद काफ्ले बिहीबार पक्राउ परेका हुन् । मेट्रो ड्राइभिङ स्कुल एन्ड प्रि टेस्ट सेन्टर प्राइभेट लिमिटेडका सञ्चालक काफ्लेले सजिलै लाइसेन्स निकालिदिन्छु भन्दै ठगी गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट लाइसेन्स निकालिदिन्छु भन्दै विभिन्न व्यक्तिहरूसँग लिएको कागजपत्र, लाइसेन्स ३ थान, विभिन्न नमुना प्रश्नपत्र र नगद ८९ हजार ६ सय २० रुपैयाँ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान प्रकृया अगाडि बढाएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस