
२५ माघ, काठमाडौं । नेपालमा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर २ हजार २५१ जनामा गरिएको परीक्षणमा थप ११९ जनामा संक्रमण पुष्टि भएको हो । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ९२५ जना पुगेको छ ।
यो अवधिमा २६० जना कोरोनामुक्त भएका छन् । योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६८ हजार ७२ जना पुगेको छ ।
प्रतिक्रिया दिनुहोस