
२५ माघ, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको हो । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ३८ पुगेको छ ।
मन्त्रालयका अनुसार यने अवधिमा देशभर २ हजार २५१ जनामा गरिएको परीक्षणमा थप ११९ जनामा संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ९२५ जना पुगेको छ ।
त्यस्तै, आइतबार २६० जना कोरोनामुक्त भएका छन् । यो सहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६८ हजार ७२ जना पुगेको छ ।
प्रतिक्रिया दिनुहोस