मुख्य समाचार

रौतहटमा राष्ट्रपति र प्रधानमन्त्री ओलीको पुत्ला दहन

putla dahan

२५ माघ, काठमाडौं । रौतहटमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । रौतहटको सदरमुकाम गौरमा आइतबार राष्ट्रिय जनता पार्टीका नेता तथा कार्यकर्ताले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् ।

पुत्ला दहनका क्रममा उनीहरुले सरकार विरोधी विभिन्न चर्का नारा समेत लगाएका थिए । केपी ओली नेतृत्वको सरकारले गरेको संसद विघटन र संवैधानिक निकायमा भएको असंवैधानिक नियुक्तिको विरोध गर्दै उनीहरुले पुत्ला दहन गरेका थिए ।

संसद पुनःस्थापना र नियुक्ति बदर नभएसम्म आन्दोलन जारी रहने कार्यक्रममा सहभागी राजपाका जिल्ला संयोजक धर्मेन्द्र पटेलले बताए । विरोध कार्यक्रममा पटेलका साथै गौर नगर प्रमुख अजय गुप्ता , जिल्ला समन्वय समितिका उपसभापति रामआशीस यादव लगायत कानेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस