बैँक / वित्त

ग्लोबल आइएमई बैङ्कको नयाँ शाखा दाङको लमहीमा

gbl dang

२५ माघ, काठमाडौं । ग्लोबल आइएमई बैङ्क लिमिटेडले दाङको लमहीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैङ्कद्वारा आयोजित एक विशेष कार्यक्रमबीच शाखाको औपचारिक उद्घाटन गरे ।

शाखा उद्घाटन समारोहमा बोल्दै बैंकका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले “सबैका लागि बैंक” भन्ने मुल नारालाई चरितार्थ गर्दै बैंक उद्योगी, व्यवसायी एवम् आम सर्वसाधारण सबैको भएको बताए ।

उहाँले स्थानीय स्तरबाट संकलन हुने रकम स्थानीय स्तरकै आर्थिक, भौतिक र सेवा क्षेत्रको विकासमा लगानी गरिने प्रतिबद्धता व्यक्त गरे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस