समाचार

भागरथी भट्टको हत्याको छानबिन गरि दोषीलाई कडा कारवाही गर्न राप्रपाको माग

raprapa nepal

२५ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बैतडी दोगडाकेदार गाउँपालिका वडा नं. ७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्याको छानबिन गरि दोषीलाई कडा कारवाही गर्न सरकारसँग माग गरेको छ ।

राप्रपाले आइतबार विज्ञप्ति जारी गर्दै सरकारसँग उक्त माग गरेको हो ।

‘देशमा पछिल्लो समय हत्या हिंसा र बलात्कारका घटना बढ्दै गइरहेको अवस्थाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी चिन्तित भएको छ । तरल राजनीतिक अवस्थाका कारण अपराधका घटना बढ्दै जाँदा यसले राज्यको सुरक्षा प्रणालीमाथि नै गम्भिर प्रश्न उब्जिएको छ, ‘विज्ञप्तिमा भनिएको छ ।

अहिलेसम्म भट्टको हत्यारा पत्ता नलाग्नु रहस्यमय, दुःखद भएको राप्रपाको भनाइ छ । राप्रपाले स्व. भट्टको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस