मुख्य समाचार

ओली समूहले युवा संघका संयोजकबाट हटायो दीपशिखालाई

dipshikha

२५ माघ, काठमाडौं । नेकपा ओली समूहले राष्ट्रिय युवा संघको संयोजकबाट रामप्रसाद सापकोटा ‘दीपशिखा’लाई हटाएको छ ।

संगठनको अनुशासनविपरीत काम गरेको र फुटपरस्त गतिविधि गरेको भन्दै संयोजकबाट हटाइएको केन्द्रीय सदस्य प्रभातविक्रम कटवालले जानकारी दिए । संयोजकमा रमेश पौडेललाई चयन गरिएको उनको भनाइ थियो ।

आजको बैठक पनि रमेश पौडेलकै अध्यक्षतामा बसेको उनले बताए । नेकपा विभाजन भएयता जनवर्गीय संगठनहरू पनि फुटेका छन् । एकले अर्को पक्षलाई कारबाहीको घोषणा गर्दै बैठक, भेलाहरू चलिरहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस