
२६ माघ, काठमाडौं । चलचित्र तथा म्युजिक भिडियोका छायाकार जनकराज अधिकारी मृत फेला परेका छन् ।
म्युजिक भिडियो निर्देशक तथा मोडल भुवन श्रेष्ठ मुस्कानका अनुसार उनी काठमाडौंको गोंगबुस्थित आफ्नै कार्यालय जेसिका फिल्मस् प्रालिभित्र आइतबार साँझ मृत फेला परेका हुन् ।
केही दिनदेखि परिवारबाट सम्पर्कविहिन रहेका उनी अफिसमा भित्रबाट चुक्कुल लगाएर घाँटीमा खादाको पासो लगाएर पंखामा झुण्डिएको अवस्थामा फेला परेको श्रेष्ठ मुस्कानले जानकारी दिए । उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।
उनको शवलाई आज अन्तिम संस्कार गरिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस