मुख्य समाचार

चार वर्षमा १७ जनाको बलात्कारपछि हत्या

Rape

२६ माघ, काठमाडौं । पछिल्लो झन्डै चार वर्षमा १७ जनाको बलात्कारपछि हत्या भएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ ।

२०७४ सालयता बलात्कारका घटना ७ हजार १ सय ७० वटा भएकामा १७ जना मारिएका हुन्। ०७०/७१ मा मुलुकभर बलात्कारका ९ सय ५ वटा घटना भएका थिए। ०७६/७७ सम्म आइपुग्दा दुई गुणा बढेर २ हजार १ सय ४६ वटा घटना भएको प्रहरी अभिलेखमा छ ।

प्रदेश १ मा बढी घटना भएको देखिन्छ । ०७४/७५ मा ३ सय ४८, ०७५/७६ मा ५ सय ४८, ०७६/७७ मा ४ सय ८५ र ०७७/७८ को पुससम्म ३ सय २५ वटा घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

संख्यात्मक रूपमा प्रदेश १ मा धेरै घटना देखिए पनि वृद्धि भने सुदूरपश्चिममा देखिन्छ । प्रहरी मुख्यालयका अनुसार ०७४/७५ मा सुदूरपश्चिममा ९३ वटा बलात्कारका घटना भएका थिए । ०७५/७६ मा १ सय ७१, ०७६/७७ मा २ सय १ र ०७७/७८ को पुससम्म १ सय २३ वटा घटना भएको देखिन्छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस