समाचार

ओखलढुंगामा एक महिलाले एकैपटक जन्माइन् ३ सन्तान

three child

२६ माघ, काठमाडौं । ओखलढुंगाको चम्पादेवी गाउँपालिकाकी एक महिलाले तीन सन्तानलाई जन्म दिएकी छिन् । आइतवार चम्पादेवी गाउँपालिका ५ की सान्ता कार्की बुढाथोकीले एकैपटक एक छोरी र दुई छोरालाई जन्म दिएकी हुन् ।

प्रसूती बेथा लागेर स्थानीय फेदिगुठ स्वास्थ्य चौकीमा जाँर्दैगर्दा बाटोमै एक छोरीलाई जन्म दिएकी उनले अन्य दुई सन्तानलाई भने काठमाडौस्थित थापाथली प्रसूती गृहमा पुगेपछि अप्रेसन मार्फत जन्माएको बिरामीका आफन्त मनोज बुढाथोकीले जानकारी दिए ।

बुढाथोकीले एउटा सन्तानलाई सकुसल जन्म दिएपनि अन्य दुई सन्तानलाई जन्म दिन नसक्ने अवस्थामा पुगेपछि बिभिन्न व्यक्ति तथा निकायको पहलमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत हेलिकप्टरमार्फत काठमाडौं पठाइएको थियो । अहिले आमा र बच्चा सबैको अवस्था सामान्य रहेको पारिवारिक श्रोतले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *