यौनजीवन

महिनावारीका बेला यौन सम्बन्ध बनाउनुका सबैभन्दा ठूलो फाइदा

sex in period

२६ माघ, काठमाडौं । साधारणतया कोही पनि स्वस्थ महिलाको महिनावारीका बेला हुने रक्तश्राव तीनदेखि पाँचदिनसम्म रहन्छ । यसले कतिबेला निकै तनाव पनि दिने गर्छ विशेषगरी बाहिर जानुपर्ने अवस्थामा ।

तर कतिपय अवस्थामा आफ्नो महिनावारीको रक्तश्रावलाई प्राकृतिक रुपमा नै चाँडै समाप्त गर्न सकिन्छ । तर यहाँ जुन तरिकाबारे जानकारी दिइएको छ ती सुरक्षित त छन् तर यसले सबैलाई शत प्रतिशत असर पुर्याउँछ भन्ने छैन । यद्यपी, इमर्जेन्सीका बेला यी तरिका अपनाउन के समस्या ?

महिनावारीका बेला रक्तश्राव चाँडै नै रोक्नका लागि यसो गर्न सकिन्छः

सेक्स गर्नुहोस्ः

हो तपाईंले सही पढ्नुभयो । एक स्वस्थ शरिर तपाईंको शरिरका लागि मात्र राम्रो नभई यसले तपाईंको महिनावारीको रक्तश्राव पनि चाँडै नै रोक्छ । यतिमात्र होइन । तपाईंलाई महिनावारीका बेला अत्यधिक पेट दुख्छ भनेपनि यसले सहयोग गर्नेछ । सेक्सको क्रममा तपाईंको गर्भाशयमा केही संकुचन हुने गर्छ ।

Sex

विशेषगरी तपाईं चरमोत्कर्षमा पुगेका बेला यस्तो हुन्छ । यी संकुचनका कारण रगत एक झट्कामा शरिरबाट बाहिर निस्कन्छ । र तपाईंको महिनावारी चाँडै नै समाप्त हुन्छ ।

लगातार व्यायाम गर्नुहोस्ः

तपाईंलाई व्यायाम गर्न जति नै मन नलागेपनि यदि तपाईं आफ्नो महिनावारीको रक्तश्राव चाँडै रोकियोस् भन्ने चाहनुहुन्छ भने तपाईंले थोरै मेहनत त गर्नैपर्छ । यदि तपाईं दैनिक व्यायाम गर्नुहुन्छ भने यसको असर तपाईंको महिनावारीको साइकलमा पनि पर्छ ।

exercise

तपाईंको रक्तश्राव निकै हल्का हुन्छ, धेरै समयसम्म रक्तश्राव भइराख्दैन । साथै, महिनावरीका बेला पेट दुखाई पनि कम हुन्छ ।

भिटामिन सी सेवन गर्नुहोस्ः

यदि तपाईं सही मात्रामा भिटामिन सी खाइरहनुहुन्छ भने यसले तपाईंको शरिरमा प्रोजेस्टेरोनको मात्रा कम गराइदिन्छ । प्रोजेस्टेरोन एक प्रकारको हर्मोन हो जुन तपाईंको गर्भाशयमा हुन्छ । भिटामिन सीका कारण गर्भाशयको आन्तरिक सतह चाँडै नै टुट्ने गर्छ । यो महिनावारीको रगतको हिस्सा हो । जति चाँडै यो सतह शरिरबाट निस्कन्छ त्यति नै चाँडै महिनावरीको रक्तश्राव समाप्त हुन्छ ।

vitamins c

यसका लागि अत्यधिक पानी पिउन आवश्यक हुन्छ । साथै, भिटामिन सी अत्यधिक मात्रामा लिनुअघि डाक्टरसँग कुरा गर्नुहोस् । सुन्तला, कागती इत्यादिमा भिटामिन सी अत्यधिक पाइन्छ ।

हरियो सागसब्जी खानुहोस्ः

green vegetable

यसको पछाडि एउटा थ्योरी छ । एक अनुसन्धानका अनुसार जो महिला शुद्ध शाकाहारी हुन्छन् उनीहरुको महिनावारी छोटो हुन्छ । त्यस्ता महिलामा आइरनको कमी हुने भएकाले यस्तो हुन्छ । चाहे जे सुकै होस् हरियो सब्जी खाँदा कुनै नोक्सानी भने हुँदैन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस