विश्व/प्रवास

उत्तराखण्डमा हिमनदी फुटेपछिको अवस्थाः ११ जनाको शव फेला, २०३ वेपत्ता (अपडेट)

himtal bispot

२६ माघ, काठमाडौं । भारतको उत्तराखण्डका मुख्यमन्त्री त्रिदेवसिंह रावतले आइतबार हिमनदी फुटेपछि आएको बाढीमा परेका ११ जनाको शव फेला परेको बताएका छन् । भारतीय समाचार च्यानल एएनआईका अनुसार मुख्यमन्त्री रावतले बाढीमा २०३ जना बेपत्ता भएको जानकारी दिएका छन् ।

उनले ऋषिगंगा हाइड्रोपावरमा फसेका मजदूरहरुको उद्दार जारी रहेको बताएका छन् ।  उनले भनेका छन्ः ‘हाम्रा बहादुर जवानहरु रातभर उद्दारमा खटिरहेका छन् । सुरुङमा फसेकाहरुलाई बचाउने कार्य तिव्र रुपमा अघि बढिरहेको छ । दूर्भाग्य, उद्धार टोलीले ११ जनालाई मृत फेला पारेको छ ।’

आइतबार बिहान साढे १० बजे उत्तराखण्डको चमोली जिल्लामा हिमनदी फुटेपछि आएको बाढी ऋषिगंगा नदीमा मिसिएर ठुलो जनधनको क्षति भएको अनुमान गरिएको छ । उद्दार कार्य अझै जारी रहेकोले क्षतिको पूर्ण विवरण आइसकेको छैन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस