अर्थनीति

सुर्खेतमा श्री एयरलाइन्सद्वारा परीक्षण उडान सुरु

shree airlance

२६ माघ, सुर्खेत । निजी वायु सेवा कम्पनी श्री एयरलाइन्सले सोमबार काठमाडौं-सुर्खेत परीक्षण उडान गरेको छ । एयरलाइन्सको ८० सिट क्षमताको क्युआर-८०० जहाजद्वारा उडान परीक्षण गरेको सुर्खेत विमानस्थल प्रमुख उमेश पन्थीले जानकारी दिए ।

प्रमुख पन्थीका अनुसार सुर्खेती आकाशमा दुईवटा परीक्षण गरिसकेपछि बिहान ११ : ४० बजे जहाज काठमाडौं फर्किएको छ । पाइलट डीएस थापाको नेतृत्वमा जहाज सुर्खेत आएको थियो ।

अब नियमित उडान गर्दा कतिसम्म लोड बोक्न सकिन्छ भन्ने बारे एयरलाईन्सका प्राविधिकहरुले अध्ययन गर्ने पन्थीले बताए । उनका अनुसार २० देखि २२ डिग्रीसेल्सियस टेम्प्रेचरसम्म क्षमता अनुसारको लोड ल्याउन सकिन्छ भनेर पाइलटले जानकारी गराएका छन्  ।

श्री एअरलाईन्सका निर्देशक अनिल मानन्धरका अनुसार उक्त क्षमता भएका जहाज अवतरणका लागि रनवे उपयुक्त छ । नियमित उडान गर्नका लागि भने मार्केटको अवस्था पनि अध्ययन गर्नुपर्ने  उनले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस