
२६ माघ, काठमाडौं । फिल्म ‘स्टुडेन्ट अफ दि इयर २’बाट बलिउड डेब्यु गरेकी अभिनेत्री अनन्या पाण्डे पछिल्लो समय उनी हमेशा लुक्सको कारणले चर्चा छिन् । थोरै समयमा बलिउडमा राम्रो पहिचान बनाउन सफल उनको सामाजिक संजालमा पनि फ्यान फ्लोइङ राम्रो रहेको छ ।
हालै उनले इस्टाग्राममा केही नयाँ तस्बिर सार्वजनिक गरेकी छन् । जुन तस्बिर इन्टरनेटमा भाइरल समेत भइरहेका छन् । तस्बिरको उनको लुक्सलाई फ्यानले रुचाएका छन् । तस्बिरमा अनन्या ब्लु रंगको लेहंगा र शिमरी चोलीमा देखिएकी छन् । यस ट्रेडिशनल आउटफिटमा उनी निकै बोल्ड अन्दाजमा प्रस्तुत भएकी छन् ।
कामको कुरोगर्ने हो भने अनन्या पछिल्लो समय फिल्म ‘खाली पीली’मा देखिएकी थिइन् । फिल्ममा उनी अभिनेता इशान खट्टरको साथ देखिएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस