
२६ माघ, काठमाडौं । बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्याको घटनाले सबैलाई चकित मात्र तुल्याएन, स्तब्ध समेत बनाएको छ । प्रहरीले हत्यारा पत्ता लगाउन विभिन्न कोणबाट अनुसन्धान थालिसकेको छ ।
भागरथीको बिभत्स हत्यालाई विभिन्न राजनीतिक पार्टी, समाजसेवी लगायत सबैबाट घटनाको राम्रो अनुसन्धान हुनुपर्ने र दोषीलाई कानुनी कठघरमा उभ्याउन माग समेत गरिएको छ । हाम्रा कलाकर्मीले पनि बलात्कारीलाई चाँडो पक्राउ गरेर कडा भन्दा कडा कार्बाही गर्न सरकारसँग बिभिन्न माध्यमबाट आग्रह गरिरहेका छन् ।
यस्तैमा अभिनेत्री नीता ढुंगानाले नारीको सम्मान गर्न आग्रह गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस् पोष्ट गर्दै नारीको अपमान होइन र सम्मान गर्न आग्रह गरेकी हुन् । ‘नारीकै कोखबाट जन्मिएर, नारीकै हातबाट हुर्किएर, नारीकै जवानीलाई रित्याएर तिनै पुरुष बलवान् बन्छन् । तर पनि त्यही नारीलाई कमजोर र कम बुद्धि भएको लाचार किन सम्झन्छ ?’